प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा हिजोदेखि पुस्तकालय सञ्चालनमा आएको हो ।
‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई हप्ताअघि सार्वजनिक आह्वान गरेकी थिइन् । आह्वानपछि पुस्तक उपहार आइरहेका छन् ।