विश्व हिन्दु शिव सेना नेपालद्वारा नारायणी कला मन्दिर कब्जा

विश्व हिन्दु महासंग चितवनको भातृ संगठन विश्व हिन्दु शिव सेना नेपालले नारायणी कला मन्दिर लाई आफ्नो नियन्त्रणमा लिएको छ |

2 1

विश्व हिन्दु शिवसेना नेपालले एक बिज्ञप्ति जारी गर्दैसंस्थालाई धर्मान्तरण गर्ने अखडा बनाएको उल्लेख गर्दै तत्काल समितिले राजिनामा दिनु पर्ने तथा हाललाई कला मन्दिरबाट हुने सम्पूर्ण कार्य बंद गर्न अनुरोध गरेको छ |

नारायणी कला मन्दिर समितिले नै धर्मान्तरण  गराउन सहयोग गरेको ठहर गर्दै नारायणी कला मन्दिर लाई नियन्त्रणमा लिई ताला लगाईएको  बिज्ञाप्तीमा उल्लेख गरिएको छ |

4 5