काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । गत बिहीबार २ सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन अधिकतम ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ।
महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बिहीबारको तुलनामा तोलामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
तर, यता सुनको मूल्य बृद्धि भइरहँदा बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले सस्तिएको छ ।चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै एक हजार २ सय रुपैयाँ कायम भएको छ ।