काठमाडौंसहित देशका केही ठाउँमा ठूलो वर्षा

8 21

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।  मकवानपुरको सिलिङ्गे र मकवानपुरगढी, सिन्धुलीको मरिणखोला, कास्कीको लुम्ले, प्यूठानको हंसपुर, दोलखाको सिङ्गटी, उदयपुर, इलामको शोक्तिम चिया बगान लगायतका ठाउँमा ठूलो पानी परेको छ ।

यी ठाउँका खोला तथा नदीमा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

समन्धित समाचार