त्रिवि शिक्षण अस्पताले आइभीएफ सेवा सुरु गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहपछि मन्त्री पौडेलले नेपालमा बाँझोपन भएका वा निसन्तान भएका जोडीहरु दश प्रतिशतको धेरै ठूलो संख्या रहेको अवस्थामा शिक्षण अस्पतालमा आइभीएफ सेन्टर सञ्चालनमा आउनु एकदमै राम्रो कुरा भएको बताए ।