नवलपुरको विनयी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्यांकीमा निसास्सिएर तीनजनाको मृत्यु भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा तीनजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा रहेका छन्।