घरेलु टोली नेपाललाई ४-१ ले पराजित गर्दै बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बंगलादेशका लागि मिराजुलले दुई तथा राहुल र नोभाले एक-एक गोल गरे । नेपालका लागि भने समिर तामाङले एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मिराजुलले गोल गरे । ५४औं मिनेटमा मिराजुलले बंगलादेशका लागि दोस्रो गोल गरे । ७०औं मिनेटमा राहुलले गोल गरे । इन्जुरी समयमा नोभाले बंगलादेशका लागि थप एक गोल गरे । नेपालका लागि खेलको ७९औं मिनेटमा समिरले गोल फर्काए ।