मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको पुष्टि

8 18

ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको पुष्टि भएको छ ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् । उनी केही समय अमेरिकी युवकसँग डेटिङ्गमा रहेको र कोठाभित्र भेटिएका पुरूषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुष समेत बस्ने शंका गरिएको छ ।

मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले जानकारी दिएअनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ।
हत्याराले ओछ्यानमै गोली हानेको भिडियो हेर्दा सहजै अनुमान गर्न सकिने स्रोतले जनाएको छ । ओछ्यान भरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएकोले घटना शनिबारतिरै भएको हुनुपर्ने आशंका गरिएको छ ।

मुनालाई तीनवटा गोली हानिएको थियो। ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ।

सन् २०२१ मा अध्ययनका लागि अमेरिका पसेकी मुनाले सन् २०२२ को जनवरी देखि हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुराँमा करिब एक वर्ष काम गरेकी थिइन् ।२१ वर्षीया मुनाको नेपालमा आमामात्र छन् । मुनाको घर भोजपुर भएको बताइएको छ ।

समन्धित समाचार