गायक, संगीतकार, सर्जक एवम् भागवत वाचक गुरु पं चेतराज कण्डेलको “भजन : श्रीगणेशाय नमः” सार्वजानिक भएको छ | पं चेतराज कण्डेल र दुर्गा कण्डेलको स्वर रहेको यस भजनमा शब्द र संगीत पनि कण्डेल स्वयंको रहेको छ |
लामो समय देखि संगीत क्षेत्रमा रहनु भएका कण्डेल उक्त भजन आफ्नो सामाजिक संजाल, यु ट्युब च्यानल Bhaktapur TV (https://www.youtube.com/@bhaktapukar) मार्फत आफ्ना दर्शक तथा श्रोता सामु ल्याउनु भएको हो |
सरगम नेपाल स्टुडियोमा रेकर्डिंङ् भएको यस भजनको सम्पादन तथा छायांकन सुरेश चौधरीले गरेका हुन | भिडियोमा उजेली शर्मा, अभिषेक सापकोटाको उत्कृस्ट नृत्यका साथै परशुराम पाण्डेय, सन्तोष काफ्ले, हरि कण्डेल, संदेश सापकोटा, गीता सापकोटा, जोहरिलाल कण्डेल र रबिन चापागाईं लगायतका अतिथी कलाकारलाई देख्न सकिन्छ |
लोक संगीत विधाका सफल गायकको “कान्छी ल्याईदिउला” र “नारायणघाटै” बोलका लोकगीत दर्शकहरुले धेरैनै मन पराएका गीत हुन् |
भिडियो हेर्नुहोस् :