गण्डकी प्रदेश डेंगीको हब बनेको छ । तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा डेंगी पुष्टि भएको छ । तनहुँमा नै साउन अन्तिम साता ५० वर्षीय एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको ईडीसीडीको रेकर्ड छ ।
कास्कीमा पनि संक्रमितको संख्या ४०८ पुगेको छ । मनाङमा दुईजनामा डेंगी देखिएको छ । गण्डकीका मुस्ताङबाहेक सबै जिल्लामा डेंगी फैलिएको ईडीसीडीको तथ्यांक छ ।
गण्डकीपछि वाग्मतीमा संक्रमण बढी फैलिएको छ । वाग्मतीको चितवनमा ४६८ र काठमाडौंमा ४२१ जना संक्रमित भएका छन् । यीबाहेक मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेमा पनि संक्रमित निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ । भक्तपुरका पाँच वर्षीय बालकको गत साउन २५ गते डेंगी संक्रमणकै कारण मृत्यु भएको ईडीसीडीको रेकर्ड छ ।