चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

3 23

यहाँ  चट्याङ लागेर कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापकको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दल बहादुर कार्कीको  चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो  साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो ।

सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो जानु भएका कार्कीलाई चट्याङले हानेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले जानकारी दिनु भयो ।

उहाँका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

समन्धित समाचार