धार्मिक प्रवक्ता एवं गायक तथा संगीतकार परशुराम पाण्डेयको “झोलुंगोमा कृष्णलाई सुताईन” नामक श्री कृष्ण भजन सार्वजानिक भएको छ | श्री कृष्ण जन्माष्ठ्मीको अवसर पारेर भक्तजन माझ आएको यस भजनमा स्वर संगीत एवं लय पाण्डेय स्वयंको रहेको छ |
सनात नसंस्कृतीको संरक्षणमा लामो समय देखि संघर्षरत पाण्डेले उक्त गीत आफ्नो सामाजिक संजाल यु ट्युब च्यानल Bhajan Diary – भजन डायरी (https://www.youtube.com/@bhajandiarynp) मार्फत आफ्ना दर्शक तथा श्रोता सामु ल्याउनु भएको हो| भक्ति साधानमा तल्लिन पाण्डेयले गत साता “पाप कर्म गर्न हुन्न” नाम लोक रोईला भजन सार्वजानिक गर्नु भएको थियो |
सनातन संस्कृती संरक्षण अभियानका अभियन्ता विलक्षण प्रतिभाका धनी गुरु परशुराम पाण्डेय भक्ति संगीतका अलावा धार्मिक प्रवचन, सत्संग, योग, बिपासना लगायत विधामा पारङ्गत हुनुहुन्छ |
भिडियो