भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

126

आयोजक नेपालले साफ यू-२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशलाई प्रतिद्धन्द्धी पाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा डिफेण्डिङ च्याम्पियन भारतलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको हो ।

पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलअन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको थियो । अब बंगलादेशले बुधबार घरेलु टोली नेपालसँग उपाधिका लागि खेल्नेछ ।98

समन्धित समाचार