स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको प्रभावकारिता थप बढाउन आवश्यक रहेको बताएका छन् ।
परोपकार प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको सेवा तुलनात्मक रुपमा व्यवस्थित रहेको बताए । साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको भन्दै नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधार हुनुपर्ने बताए ।
स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको सेवा सुविधालाई समायानुकुल बढाउनका लागि अध्ययन भइरहेको उनको भनाई छ । मन्त्री पौडेलले सुरक्षाको अनुभूति हुने गरि स्वास्थ्कर्मीलाई सेवा प्रवाहको वातावरण बनाइने समेत बताए ।