भदौ २५ मा सार्वजनिक हुदै आईफोन १६

19 4

एप्पलले आगामी भदौ २५ (१० सेप्टेम्बर) मा आईफोन १६ सार्वजनिक गर्ने तयारी गरेको छ । यस वर्षको विशेष कार्यक्रममार्फत एप्पलले आफ्नो नयाँ उत्पादन प्रदर्शन गर्ने योजना बनाएको हो । ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले एप्पल स्रोतलाई उद्धृत गर्दै सोही दिन प्रोडक्ट लञ्च कार्यक्रम आयोजना हुने सम्भावना रहेको बताएका छन् । उनका अनुसार एप्पलले अर्को हप्ता मिडिया निमन्त्रणा पठाउने सम्भावना छ ।

यस कार्यक्रममा एप्पलले नयाँ आईफोन, वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । आईफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरूको समावेश हुने अनुमान गरिएको छ । एप्पलले गत जुन महिनामा भएको डेभलपर कन्फ्रेन्समा ‘एप्पल इन्टेलिजेन्स’ फिचरको घोषणा गर्दै नयाँ एआई प्रविधिको जानकारी दिएको थियो ।

तर, एप्पलले हालसम्म एप्पल इभेन्टको औपचारिक घोषणा गरेको छैन । एप्पलले नयाँ मोडेलमा कस्ता नयाँ प्रविधि समावेश गरेको छ र प्रयोगकर्ताहरूको अनुभवलाई कसरी फरक बनाउनेछ भन्ने कुराको चर्चा भइरहेको छ । यस पटकका आईफोन मोडेलहरू नयाँ डिजाइन, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन् । साथै ब्याट्री क्षमता र पफमेन्समा पनि महत्वपूर्ण सुधार हुने बताइएको छ ।

समन्धित समाचार