अमेरिकामा नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा उनका श्रीमान पक्राउ

15 7

अमेरिकामा नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा उनका श्रीमान समातिएका छन् । काफ्ले बेपत्ता भएको तीन सातापछि मात्र प्रहरीले श्रीमान नरेश भट्टलाई पक्राउ गरेको हो ।

भर्जिनिया प्रहरीले मनासस पार्कस्थित नरेशको घरबाटै उनलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले जनाएको छ । ममताको मृत्यु भइसकेको आंकलन गरिएको र शव ममताकै श्रीमान नरेशले लुकाएको हुनसक्ने सुराकका आधारमा उनलाई पक्राउ गरिएको मनासस पार्कका प्रहरी प्रमुख मारिओ ल्युगोले सेभेन न्युजसँग बताएका छन् ।

बेपत्ता  ममतालाई खोज्न त्यहाँको प्रहरीले १० भन्दा बढी खोजी अपरेसन चलाएको थियो । बुधबार मनासस पार्कस्थित उनीहरूको घरमा प्रहरीले छापा मारेको थियो । त्यतिबेला नरेशले सहयोग नगरेको प्रहरी प्रमुख ल्युगोलाई उद्धृत गर्दै सेभेन न्युजले उल्लेख गरेको छ । ममताको बेपत्ता घटनामा नरेश शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।

उनीहरुकी एक वर्षीया छोरी छिन्। जसलाई  सामाजिक सेवा विभाग र मनसास प्रहरीले अनुमति दिएको एक स्याहारकेन्द्रमा पठाइएको बताइएको छ। उनलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराइनेछ। ममता अन्तिम पटक साउन १६ गते मनसास पार्कमा देखिएकी थिइन्। उनी सम्पर्कविहिन भएको केही दिनसम्म श्रीमान् नरेशले खोजीका लागि चासो देखाएनन्। आफन्त र साथीभाइको सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो।  प्रहरीले सोधपुछ गरेपछि मात्रै उनले खोजिका लागि निवेदन दिएको बताइएको छ।

समन्धित समाचार