भारतको उत्तराखण्डमा पहिरोमा परेर ४ नेपालीको मृत्यु

14 10

भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरु सबै नेपाली मजदुरहरू हुन् । पहिरोमा परेर मृत्यु हुने नेपालीमध्ये चितवनका ३ जना र दैलेखका एक जना रहेको बताइएको छ।  चारै जनाको शव भारतीय एसडीआरएफले संकलन गरिसकेको नवभारत टाइम्सले उल्लेख गरेको छ। बिहीबार राति भारी वर्षातपछि पहिरो गएको थियो।

समन्धित समाचार