मुग्लिन नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि ढुंगा खस्यो, ११ जना घाइते

12 12

चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो। बसमा सवार अन्दाजी १०/११ जना यात्रु घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ।

समन्धित समाचार