तनहुँ बस दुर्घटना अपडेट: ११ जना बेपत्ता, १४ जना अचेत

11 17

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट भारतीय यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ। आज बिहान ११:३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायका अनुसार युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु रहेको जानकारी पाएको उनले बताए। हाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धारको काम भइरहेको उनले बताए। सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १० जना यात्रुको मृत्यु हुनुका साथै १४ जना को अवस्था गम्भिर छ भने १५ जना सामान्य घाइते भएका छन्|

दुर्घटना स्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको नेतृत्वमा ४५ जना फौज खटिएको श्रोतले जनाएको छ |

समन्धित समाचार