पृथ्वीराजमार्ग अन्तर्गत व्यास नपा–१२ घाँसिकुवामा पहिरो खसेको छ । बुधबार साँझ खसेको ठुलो पहिरोले राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
पहिरो पन्छाउने तयारी भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । डाँडै खसेर राजमार्ग अवरुद्ध भएको कारण उक्त पहिरो पन्छाउन धेरै समय लाग्ने अनुमान गरिएको छ । पहिरो खसेपछि निरिक्षणकोलागि व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने पहिरो खसेको स्थानमा पुगेका छन् ।
पहिरो भोलि बिहान बाट पन्छाउन शुरु गरिने भएकोले बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको श्रोतले बताएको छ |