बिहान ८ बजे दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका चार जनालाई उद्वार गरिएको छ। गम्भीर घाइते भएका चंखेली गाउँपालिका – २ सुरेन्द्र बहादुर शाही तिलबहादुर शाही र रारा छायानाथ नगरपालिका – १३ का रमेश मल्ल रारा छायानाथ- १ का पृथ्वी राउतलाई सिम्रिक एयर हेलिकप्टरबाट उद्वार गरि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।
कर्णाली प्रदेश ०२- ००१च ०९२२ बोलेरो जीप दुर्घटनामा ७ जना घाइते भएको मिमि प्रहरीचौकी हुम्लाले जनाएको छ। चार जना गम्भीर घाइतेलाइ उद्वार गरि सुर्खेत लगिएको छ अन्य घाइतेलाई दार्मा स्वास्थ्यचौकी उपचार भइरहेको मिमि प्रहरीचौकी हुम्लाका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले बताए।
बिरामी उद्वार खर्च चंखेली गाउँपालिकाको विपद कोषबाट खर्च तिर्न गाउँपालिका श्रोतले जनाएको छ। खर्च ५ लाख २० हजार रहेको श्रोतले उल्लेख गरेको छ।