कैलाली जिल्लाका अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएपछि जिल्लाका चुरे क्षेत्र आसपासका वस्ती डुबानमा परेका छन् । गौरीगङ्गा, भजनी आसपासका क्षेत्रका दर्जनौ घरमा पानी पसेको छ । मोहना नदी र यसका सबै सहायक नदीहरूमा बहाव सतर्कता तह नजिक पुगेको छ । बाढी थप बढ्ने भन्दै तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू-भागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।
कैलालीमा भारी वर्षा भएपछि चुरे क्षेत्र आसपासका वस्ती डुबानमा
