२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतले भुटानलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १-० गोलले हराएको हो । जितसँगै भारतले समूह ‘बी’ मा ३ अङ्क जोडेको छ ।
प्रतियोगितामा भोलि समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । हिजोदेखि शुरू भएको प्रतियोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् ।