असोज १७ देखि २१ गतेसम्म लिगलिग महोत्सव हुने

5 14

असोज १७ देखि २१ गतेसम्म लिगलिग महोत्सव हुने भएको छ । पालुङटामर नगरपालिकाको ८७औँ नगर कार्यपालिकाको वैठकबाट निर्णय गरी महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको अन्तिम दिनअसोज २१ गते लिगलिगे दौडप्रतियोगिता पनि हुने नगर प्रमुख विवश चिन्तनले बताए । चेपेघाटदेखि लिगलिगकोटसम्म दौड प्रतियोगिता हुने छ । पालुङटार नगरपालिकाको पर्यटकीय क्षेत्र विकास समितिमार्फत महोत्सव हुन लागेको हो । लिगलिग क्षेत्रको ऐतिहासिक र सास्कृतिक परम्परा सँग सम्वन्धित प्रदर्शनी महोत्सवमा रहने छ ।

हस्तकला र शिल्पकला प्रदर्शनी, स्थानीय परम्परागत नृत्य र संगित प्रस्तुती पनि महोत्सवको आकर्षणको रुपमा रहने छ । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ  । महोत्सव ब्यवस्थापन समितिको संयोजकमा कृष्णवहादुर थापा, प्रचार प्रसार समितिको संयोजकमा रविन्द्र अधिकारी क्षेत्री, स्वास्थ्य समिति संयोजक कृष्ण वहादुर परियार रहेका छन् ।

पालुङटार नगरपालिकाभित्र रहेको पर्यटकीय स्थलको प्रवर्द्धन, परम्पराको संरक्षण र सम्बर्द्धन गर्नकालागि महोत्सवले सघाउने उनले बताए ।।

समन्धित समाचार