रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको स्रोतले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ । भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको छ । भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए ।
भने केही परकम्पहरू पनि गएको समाचारमा जनाइएको छ । भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको छ । भूकम्पका कारण कुनै ठूलो क्षति भएको विवरण प्राप्त भइनसकेको स्रोतले जनाइएको छ ।