भदौको १४ गतेबाट रिलिज हुने फिल्म ‘वर एण्ड वधु’को ट्रेलर आज सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको छ।
यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ।
फिल्मको ट्रेलरमा मुख्य कलाकार आँचल र विवेकबिचको लभ, रोमान्स र धोका देखाइएको छ। मिलन चाम्सको निर्देशित फिल्ममा जानुका थापाको लगानी छ। अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो।
सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ।
कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले पनि फिल्म दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे। नायक विवेक कर्माचार्यले फिल्मका लागि निकै मिहिनेत गरेको भन्दै सबै खालको भूमिका निर्वाह गर्न सहज लागेको तर्क गरे। अभिनेत्री आँचल शर्मा फिल्म ‘वर एण्ड वधु’ दर्शकका लागि विशेष खुराक हुने बताइन्।