अमेरिकाको भर्जिनिया राज्यबाट एक नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन् । २८ वर्षीया ममता काफ्ले बेपत्ता भएकी हुन् । उनी अन्तिम पटक जुलाई ३१ मा मनसास पार्कमा देखिएकी थिइन् । त्यसपछि उनी कसैको सम्पर्क छैनन् ।
मनसास पार्क पुलिस विभागले काफ्लेको परिवारसँग सम्पर्क नभएको उल्लेख गरेको छ । बेपत्ता भएको धेरै समय भएकाले यसलाई प्रहरीले शंकास्पद मानेको छ । भर्जिनिया राज्य पुलिसले उनको नाम बेपत्ताको रूपमा प्रविष्ट गरेपछि जासूसहरूले उनको खोजी गर्न जारी राखेको छ । उनी ५ फिट अग्लो, १३२ पाउण्ड, कालो कपाल र खैरो आँखाको रूपमा वर्णन गरिएको छ ।
काफ्लेको खोजीका लागि अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेको एबीसी न्युजले जनाएको छ ।