सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल, उदयबहादुर मस्राङ्गगी र पवन मस्राङ्गगीको मृत्यु भएको हो ।
गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाममा तरकारी तथा खाद्यान ओसार पसार गर्ने गाडी दुर्घटनामा परेको हो । घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
