आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

3 13

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर साधरणतया बदली रहेको छ।  बागमती र सुदूरपश्चिम  प्रदेशका  थोरै  स्थानहरूमा  तथा बाँकी  प्रदेशका एक / दुई   स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एक / दुई स्थानमा  भारी वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

समन्धित समाचार