आफू मरेर बसका ३० यात्रु जोगाएका चालक विकका परिवारलाई सरकारले ५ लाख दिने

7 8

सरकारले चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बसका चालक मेघनाथ विकका परिवारलाई नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

भदौ ३ गते मनाइने विश्व मानवीय दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले सम्मान गर्ने भएका हुन् । गत असार २८ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो ।

बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । सो बसमा करिब ३० यात्रुहरु थिए । तर यात्रुहरु भने सकुशल थिए । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

समन्धित समाचार