रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको हत्या

6 7

रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको हत्या भएको छ । गौर नगरपालिका वडा नं. ५, कोइरी टोलका ७४ वर्षिय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधवार बिहान फेला परेको हो । उनको शव घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको रौतहट प्रहरी उपरीक्षक घिमिरेले बताएका छन् । धारिलो हतियार प्रहार गरी महतो हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको उनले जानकारी दिए । घटनाका बारे आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

समन्धित समाचार