नारायणघाट–बुटवल सडक खण्ड अहिले दुईतर्फी नै सञ्चालनमा

4 11

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड अहिले दुईतर्फी नै सञ्चालनमा आएको छ ।

दाउन्नेमा भासिएको सडक मर्मतको काम भइरहेका बेला गएराति लेदोसहितको पहिरो झरेको थियो । पहिरो झरेपछि बिहान सामान्य हटाएर एकतर्फी सञ्चालन भएकोमा अहिले दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

सडकमा मर्मतको काम भने भइरहेको छ । काम भइरहेका बेला केहीबेर गाडी रोक्ने र पठाउने गरिएको प्रहरीले जनाएको छ ।

समन्धित समाचार