दुई सयले घट्यो सुनको मूल्य

gold 780x470 1

काठमाडौं, १० भदौ-नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुईले घटेको छ ।

बुधबार प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेर प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

समन्धित समाचार