युक्रेनले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा

55

युक्रेनले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरेको खुलेको छ ।

रूससँग लामो समयदेखि युद्धमा रहेको युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी लडिरहेको छ ।  अहिलेसम्म युक्रेनले कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरिसकेको बताइएको छ ।  कुर्स्क क्षेत्रका गभर्नर एलेक्सी स्मिरनोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे ब्रिफिङ गरेका छन् ।

गभर्नरले  २८ वटा गाउँ युक्रेनीको कब्जामा रहेको, १२ जना नागरिकको मृत्यु र एक लाख २१ हजार नागरिक विस्थापित भएको ब्रिफिङ गरेका छन् । कुर्स्क क्षेत्रकै बिलोभिस्की जिल्लाबासीलाई त्यस क्षेत्र छाड्न अनुरोध गरेको छ । त्यस्तै युक्रेनले सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि रूसको बेलगोरोड क्षेत्र पनि खाली गर्न निर्देशन जारी भएको छ ।

युक्रेनले अहिले सबैभन्दा अब्बल सैनिकहरू प्रयोग गरी रूसको क्षेत्रमा पठाएको बताइएको छ। पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि नै युद्ध नभनेर विशेष सैन्य कारबाही भनिरहेका छन् । युक्रेनसँग युद्ध भइरहेको भन्नेलाई जेल हालेका छन्।

समन्धित समाचार