सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्लेअफमा भुटानको पारो एफसीविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको प्रतिस्पर्धा आज साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । चर्च ब्वाइज र पारो एफसी शीर्ष डिभिजन लिग विजेता हैसियतमा आमनेसामने हुन लागेका हुन् । यी दुईबीचको विजेता टिमले दोस्रो चरणमा यात्रा गर्नेछ ।
एएफसी च्यालेन्ज लिगःचर्च ब्वाइज र पारो एफसी भिड्दै
