नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल सम्मिलित टिम टोरेन्टो नेसनल्सले क्यानडा टी-२० लिगको उपाधि जितेको छ। गएराति भएको फाइनल खेलमा मोन्ट्रियल टाइगरलाई ८ विकेटले हराउँदै टोरेन्टोले उपाधि जितेको हो।
वर्षाका कारण टस ढिलाई भएपछि खेल १५ ओभरमा घटाइएको थियो। पहिलो ब्याटिङ गरेको मोन्ट्रियलले नौ विकेट क्षतिमा ९६ रन बनाएको थियो। उसका लागि कोरबिन बोसले सर्वाधिक ३५ रन बनाएका थिए।
टोरेन्टोका लागि जासन बेहेरेन्डोर्फले तीन विकेट आफ्नो नाममा गरे। जवाफमा ९७ रनको लक्ष्य टोरेन्टोले दुई विकेट मात्र गुमाएर अन्तिम बलमा पुरा गर्यो। कोलिन मुन्दो र उन्मुक्ट चन्द सस्तैमा आउट भए। तर एन्ड्रिस गोउसले ५८ रन बनाए भने रस्सी भान डर डुसेनले ३० रनको योगदान गरे। बलिङमा अजमतुल्लाह उमरजाई र कारबिन बोसले एक विकेट लिए।