साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।
आइतबार बजार ९४.५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०.९१ बिन्दुमा अडिएको छ । आज ६ करोड तीन लाख २१ हजार कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब ५२ करोड र शिवम् सिमेन्टको एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।
उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से आज ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्से पछिल्लो साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
आज १४ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज कुथेली बुखारी जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।





