आगामी १५औं महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्न डा शेखर कोइरालाको चेतावनी

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी १५औं महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्ने चेतावनी दिएका छन्।

जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै नेता कोइरालाले यस्तो बताएका हुन्। पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरु गठन गर्न नेता कोइरालाको अनुरोध छ।

उनले भनेका छन्, ‘मेरो आग्रह सवै केन्द्रिय कार्यसमितिलाई साक्षि राखेर के मात्र छ भने कांग्रेसको १५औँ महाधिबेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ। पार्टीको बिधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागी अबिलम्ब समितिहरु बनाऔँ। १४औँ महाधिबेशन देखी थाँती रहेका क्रियाशिल सदस्यता लगायतका समस्याहरु तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिबेशन गर्ने सुनिश्चितता यही केन्द्रिय समिति बैठकले गरोस्।’