पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ । २६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो । अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् ।
आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिला बास्केटबल जस्ता समूह खेलको स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३–३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला (८१ केजीमाथि)मा एक–एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
पदक तालिकामा चीन र अमेरिकाको शीर्ष स्थानमा रहने भन्ने होडबाजी छ । अन्तिम दिनको प्रतिस्पर्धाअघि चीन ३९ स्वर्ण जितेर शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्ण जितेर पछ्याइरहेको छ ।





