प्रहरी जवानले जबरजस्ती करणी गरेको भन्दै युव तीले गरिन् आत्महत्याको प्रयास

15 3

माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । जुम्ला घर भएकी सहारा शाहीले विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने प्रहरी जवानलाई कारबाही नगरेको भन्दै आत्महत्याको प्रयास गरेकी हुन् ।

उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ। उनी ३५ दिनदेखि माइतीघरमा आन्दोलनरत थिइन्। आफ्ना कुरा कसैले नसुनेको भन्दै उनले हामफाल्न पोल चढेकी हुन्। विवाह गर्छु भनेर प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्नाले जबरजस्ती करणी गरेको उनको आरोप छ । बलात्कार गर्ने ठगुन्नालाई अदालतले जोगाउन खोजेको उनको भनाइ छ ।

समन्धित समाचार