गाजाको विद्यालयमा इजरायली हमलाः एक सयभन्दा बढीको मृत्यु

8 8

गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या एक सयसम्म पुगेको अनुमान गरेको छ ।

विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार भएको स्रोतले जनाएको छ । इजरायली सेनाले अल–ताबिन विद्यालयमा रहेको हमासको “कमान्ड एन्ड कन्ट्रोल सेन्टर” मा आक्रमण गरेको बताएको छ ।

बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ । आक्रमणमा १ सयभन्दा बढीको मत्यु र दर्जनौं घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताइएको छ ।

समन्धित समाचार