पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन । दमाईलाई समारोहमा भव्य स्वागत र सम्मान गरिएको थियो ।
सम्बोधनको सुरुवातमा उनले आफूलाई यो स्थानसम्म र्पुयाउने गुरुहरुलाई धन्यवाद दिएका छन् । दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन गरेका छन् । उनले पशुपतिको चरणमा स्वर्गको महसुस भएको समेत बताएका छन् ।