सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो । प्रचण्ड सरकारले यो निर्देशिका ल्याएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । मुख्यसचिवका रुपमा बैरागीको कार्यकाल करिव ३ महिना बाँकी थियो । तर सचिवबाट अवकाश पाउन लागेका बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने गरी बैरागीले २०८० जेठ ३२ मा मुख्य सचिवबाट राजीनामा दिए । त्यही दिन मन्त्रिपरिषद्ले अर्याललाई मुख्य सचिव र मुख्यसचिवबाट राजीनामा दिएका बैरागीलाई सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
