९ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री ल्याउँदै सामसङ

1 6

सामसङले विद्युतीय गाडीका लागि नयाँ ब्याट्री प्रविधि घोषणा गरेको छ । दक्षिण कोरियाको राजधानी सोउलमा हालै भएको ‘एसएनई ब्याट्री डे २०२४’ मा कम्पनीले आफ्नो नयाँ परियोजना उद्घोष गरेको हो । यस सोलिड स्टेट ब्याट्री प्रविधिमा विगत छ महिनादेखि काम भइरहेको र अहिले परीक्षणका लागि केही विद्युतीय सवारी निर्माता कम्पनीकहाँ पठाइएको सामसङले जनाएको छ ।

सबै कुरा योजनाबद्ध ढङ्गले अगाडि बढे सन् २०२७ पछि यस ब्याट्री मास प्रडक्सनमा जाने कम्पनीको भनाइ छ । सामसङले ल्याउने सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सिटी ५०० वाट आवर पर केजी रहेको छ । यो भनेको परम्परागत ईभी ब्याट्रीको तुलनामा दोब्बर बढी हो । जति बढी इनर्जी डेन्सिटी भयो, रेन्ज त्यति नै बढी हुन्छ । यो ब्याट्री फुल चार्ज हुन जम्मा ९ मिनेट लाग्ने र अधिकतम ६०० माइल (करिब ९६५ किलोमिटर) सम्म रेञ्ज दिने सामसङको दाबी छ । त्यस्तै ब्याट्रीको आयु २० वर्षको हुने कम्पनीले उल्लेख गरेको छ । यद्यपि यस ब्याट्री अन्य ब्याट्रीको तुलनामा निकै महँगो हुनेछ ।

समन्धित समाचार