बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दै

6 4

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दैछन् । उनले आजै सल्लाहकार परिषद् पनि गठन गर्नेछन् । शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ । विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिंदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन् ।

८४ वर्षीय युनुस शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् । गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणबाट मुक्त गर्ने लक्ष्य सहित उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । उनी आफ्नो लक्ष्यमा सफल पनि भएका थिए । त्यसैले प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो ।

समन्धित समाचार