हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम सुरु भएको छ । सुरक्षा टोलीले संकलन गरेर बुधबार त्रिवि शिक्षण अस्पताल पुरयाएको शवको पोष्टमार्टम सुरु गरिएको हो ।पोष्टमार्टम आजै सक्ने गरि काम सुरु भएको अस्पतालले जनाएको छ । शव धेरै जलेको र चिनिन सक्ने अवस्थामा नभएका कारण समय लाग्ने देखिएको छ ।मृतकको उचा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिने तयारी गरिएको छ ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर ३ मिनेटमै नुवाकोटको शिवपुरी क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलट अरुण मल्लसहित पाँचजनाको मृत्यु भएको थियो । चारजना चिनिया नागरिक हुन् ।