नजिकिँदै गरेको तीजको सन्दर्भ पारेर गायिका सुशीला पराजुली बरालको स्वरमा ‘मै राम्री हो कि’ गीत सार्वजनिक भएको छ। विनोद बरालले रचना गरेको गीतमा लक्ष्मण पोखरेलले संगीत दिएका छन्। गीतमा लक्षुप्रकाश मल्लको संगीत संयोजन छ। कृष्णदेव रूपाखेतीले निर्देशन गरेको भिडियोमा विना राउत र एलिसा विष्टले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन्। सम्पादन मिन रावलले गरेका हुन्।
गायिका सुशीला पराजुली बरालको ‘मै राम्री हो कि’ गीत सार्वजनिक
