संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदैछ । यसअघिका बैठकमा सहमति जुटाएर तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइने बताइएको छ । शीर्ष नेतालाई संयुक्त रुपमा प्रतिवेदन बुझाइसकेपछि शीर्ष नेताहरुबाट सबै विषय टुंगिनेछ । शीर्ष नेताहरुको सुझावपछि समितिबाट चालु संसदबाटै विधेयक पारित गर्ने बताइएको छ ।
टिआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै
