बंगलादेशकोअन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले विभेदविरुद्धको विद्यार्थी अभियानका संयोजकहरुसँग छलफल गरेपछि उक्त निर्णय गरेको जनाइएको छ । मन्त्रिपरिषद्का बाँकी सदस्यहरु भने राजनीतिक दलहरुसँगको छलफलपछि निर्णय गरिने ढाका ट्रिब्युनले जनाएको छ ।
बंगलादेशकोअन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त
