काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरी डुबानमा

11 4

सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरी डुबानमा परेका छन् । वर्षाले सानोभर्‍याङ,जडिबुटी,बल्खु तरकारी बजार,माइतीघर मण्डला क्षेत्र लगायत नदी किनाराका क्षेत्र डुबानमा परेका छन् । उक्त क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढेर बस्तीमा छिरेको छ। मंगलबार बिहान सूचना जारी गरी गर्दै बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा ४ बजे सम्म अति उच्च सतर्कता अपनाउन र नदी किनारको सडकबाट यात्रा नगर्न अनुरोध छ।

समन्धित समाचार